Wednesday, February 15, 2023

प्यारीलाइ सम्झेर एक चिठी- आखा अगाडी कि अप्सरा देखेर मनकी अप्पसरालाई पत्र

                                                                                                                                  २०७९।१0।२०

मनकी अप्सरा


#Rara-  The Biggest Lake Of Nepal      -  स्वर्गकी अप्सरा

प्रिय ❤️ 💓,

तिमि पत्थर को शिला हौ, मन्दिर मा चम्किने गजुर हैनौ, मन्दिर लाइ ठाडो बनाउने पिल्सिएको गर्भगृहमा रहेको कडा शिला हौ, तिमि अाग्राा को स्परुप हैनौ, सोभा हौ त्यो पुरै पथ्थर हौ, घर को चम्किलो छत हैनौ सिङ्गो घरलाइ चम्काउने दिब्य जोति हौ, घरलाई अडाउने बलियो जग हौ, त्यो जग कमजोर भयो भने चम्किलो छत को के कुरा त्यो सिंगो घर नै तहसनहस हुन्छ।

प्रिय मनकुमारी! म वास्तमै स्वास्थ्य छु, अामरम छु, ठिकै होइन पुरा ठिक छु, म लाइ थाहाँ छ तिमि ठिकै मात्र छौ तर पुर्ण रुपमा स्वास्थ्य मा ठिक छैनौ। हेर्दा बाहिरि अावरण मात्र ठिक दिखिन्छौ तर भित्रि मनमा पुर्ण ठिक भएको महसुस गरेकि छैनौ। प्रिय !नअात्तीए । मेरो पनि दुख सुखका कुरा सुनिदिने तिमि बाहेक अरु को छ र? 

       कस्लाई सुनाउ म, बाबा अामालाइ सुनाउ डाडा पारिका घाम के तनाब थपु, भाइलाइ सुनाउ सात समुद्रपारि को दुखि अात्मा झै भविश्य खोज्न भौतारिएको मनुष्य- भनु अाफ्नै भविश्य खोज्न बिर्सला भन्ने डर, हरपल तिमि बाहेक त्यस्तो को नै छ र मेरो पिडा सुन्ने तिम्रो लागि म र मेरो लागि तिमी त हौ, सोचे जस्तो के हि बदलिएको छैन म अनि तिमि प्रतिको मुया, जे छु ठिकै छु। अब उमेर बढ्दै जाँदा हरेक समस्या त अाउ छ त , तिम्रो स्वास्थ्य अौसत छैन, अरु भन्दा कमजोर छ त केवल स्वास्थ्य छ हिम्मत होइन, त्यो सुधार भइहाल्छ । हरेक कुरा मैले नबुझ्न सक्छु, त्यो मा अन्यथा तिमिले लिनु हुदैन, भविष्यमा धेरै गर्न बाकि छ अहिले नै हार मान्न हुदैन्, हाम्रो भविष्य उज्वल भनेको छोरा हो, परिवारको सुख शान्ति शो, नातेदार को हामि प्रतिको दृढतापूर्वक विश्वास हो। सम्रगताको हाम्रो भविष्य(सोहु) हो।

    दुख कस्लाई पो हुदैन्।दिमागलाई दुख छ के-के सोच्न पर्छ, अाखालाइ दुख छ के के देख्न पर्छ, जिब्रो लाई कति दुख छ अनाप सनाप बोलिदिन्छ, हातलाइ कति दुख छ छुने नछुने छुन पर्छ, मुटुलाइ कति दुख दिनहु रगत फिल्टर गर्न पर्छ, खुट्टालाई दुख छ हजारौ माइल हिड्न पर्छ, अरु अरु शरिरको कुनै एक महत्वपूर्ण अंग ले अाफ्नाे काम बिर्से पुरै शरिरको नै निर्जिव भइदिन्छ तिमिलाइ थाहा छ सबै अंगहरु ले दुख पाउछन र पो मन लाइ शान्ति मिल्छ । अनि तिमिले र मैले दुख न पाए भविश्य कसरि सुखि खुसि बन्छ। प्रिय तिम्रो मेरो दुख सुख सँग सिङ्गो भविश्य जोडिएको छ तिमि दुख नमान हाल तिम्रो दुख मेरो सुख सँग जोडिएको छ, परिवारको को नातेदारको सुख सँग जोडिएको छ, सम्रग छोरा को सुख र संसारसँग सँग जोडिएको छ, घर परिवारको सुख सँग जोडिएको छ, सम्रग अाफन्त हामिलाई भरोसा गर्ने तातेदार सँग जोडिएको छ। तिमि पत्थर को शिला हौ, मन्दिर मा चम्किने गजुर हैनौ मन्दिर लाइ ठाडो बनाउने पिल्सिएको गर्भगृहमा रहेको कडा शिला हौ, तिमि अाग्राा को स्परुप हैनौ, सोभा हौ त्यो पुरै पथ्थर हौ, घर को चम्किलो छत हैनौ सिङ्गो घरलाइ चम्काउने दिब्य जोति हौ, घरलाई अडाउने बलियो जग हौ, त्यो जग कमजोर भयो भने चम्किलो छत को के कुरा त्यो सिंगो घर नै तहसनहस हुन्छ। 

        प्रिय तिमि भुलेर पनि सबैले देख्ने गजुर नभइदिनु गर्भगृहमा अडिने शिला को कमि हुनेछ, तिमि देखिने छत नभइदिनु घर र घर भित्रका खम्बा ढल्ने छन्, तिमि क्षणिक चम्किने ताराहरु नभइदिनु सिङ्गो ब्रम्हाण्ड नासिने छ, तिमि म नारि हु फुल नै बन्छु नभनिदिनु सयौ काडाहरु मात्र रहनेछन्, हजारौ भिड्मा हराउन नगइदिनु हजारौं भिड्लाइ निहालि समालोचनात्मक बयान गरिदिनेको कमि हुनेछ, रामायण को मन्थरा नहुनु, बरु महाभारतको बर्बरीक बनिदिनु, म तिम्रो अनि भविश्यहरुको को अासा हु तिमि मेरो अाटिलो हिम्मत हौ, अाज सम्म मैले जे जति उपलब्धि भयो त्यो मेरो अासा मात्र हो हिम्मत त तिम्रो थियो विवेक त तिम्रो थियो। म साधन मात्र हु भविश्यको साध्य तिमि हौ, म अंकहरु हु पुरा समिकरण तिमि हौ, म अक्षरहरु हु वाक्य तिमि हौ। तिमि नभए मेरो संसार अधुरो हुनेछ, भविश्य अन्धकार हुनेछ, जीवनरुपी गति ह्रास हुनेछ। अन्ततः अझै तिमिले हौसल्ला थपिरहे म संसार जित्न त नसकुला तर संसारको मन जित्न सक्नेछु, बेजोड सपना साकार पार्नेछु। भविश्य सफल पार्नेछु। 

                

 उहि तिम्रो सिन्दुर,साहस,भरोसा (लुरे)!


2 comments:

Anonymous said...

धेरै राइम्रो लेखन भाइ

Gajendra Bhandari said...

धन्यावाद।