अहिले राजनीतिको अर्थ राज्य दोहन भनेर भन्दा फरक नहोला। मानव जीवनको सुरुवात भएका दिन देखि अथवा विकसित मानव सभ्यताको इतिहास संगै राजा र प्रजाको ब्यवस्था संगै राष्ट्र वा राज्यको स्थापना भइ राजकाज संगै राजनीति सुरुवात भएको इतिहास छ। विभिन्न सभ्यतालाई ( मिश्रको सभ्यता, मेसोपोटामिया सभ्यता, युनानी, सिन्धु घाँटीको सभ्यता, रोमको सभ्यता, बेबोलियन, सुमेरियन) मनन गर्दा हरेक सभ्यतानुसार राजा र प्रजाको सम्बन्ध पिता र पुत्रको झै भएको इतिहास छ। मानवीय सभ्यताको विकाससँगै स्वतन्त्र र सार्वभौम देशका अा अाफ्नै अधिकार सम्पन्न राष्ट्रहरूको विकासमा होडबाजि चल्यो, राजतन्त्रात्मक शासन ब्यवस्था, बिस्तारबाद र तानाशाही प्रवृत्ति जनतालाई अपाच्य भयो, नागरिक का मौलिक अधिकार तथा मानव अधिकारमाथि कुठाराघात भयो, त्यसैले त अमेरिकी स्वतन्त्रता संग्राम, रुसको राज्य क्रान्ति, भारतीय स्वतन्त्रता संग्राम जस्ता एेतिहासिक राज्य क्रान्ति भयो, फलस्वरूप राजनीतिको नविन संस्कार प्रादुर्भाव भयो।
वर्तमान परिपेक्ष्यमा राजनीति एक यस्तो क्षेत्र बन्यो, जहाँ हर कुनै क्षेत्र बाट असफल ब्यक्ति को अाकर्षण केन्द्र, ५ वर्षे करारमा जागिर खाने ठाउ अथवा वैकल्पिक रोजगार, नेतृत्व को चाकडि मै जीवन गुजारा चलाउने गजबको ब्यवसाय, जनतालाई भ्रमित बनाइ शासन गर्ने ठाउँ। खासगरी तेस्रो विश्वका मुलुक हाम्रो जस्तो नेपाल मा यस्ता अर्ध शिक्षित को जमातले कब्जा नै गरिसक्यो। राजनीति मा सबै असफल/अर्ध शिक्षित मान्छे मात्रै होइन, सफल, विज्ञ पनि छन्, सन्दर्भ: कर्णाली प्रदेशको मुख्यमन्त्री जीवन बहादुर शाहि, एेतिहासिक विरासत बोकेको बुढानिलकण्ठ स्कुल हुदै अमेरिका मा पाइलटको अध्ययन पश्चात लामो अनुभव पछि समृद्ध कर्णाली बनाउने ध्येयले मुख्यमन्त्री बने लगत्तै शाहि ले मुर्ति चोर गैर सांसदलाई मन्त्री बनाउँदा निकै अालोचित बनेका छन्। राज्यले बिर्सेको साबिकको कर्णालीलाइ पद, शक्ति र दम्भलाइ बिर्सेर लोप-लालच, दिन-रात ,घर परिवार नभनि अहोरात्र खटिइ राष्ट्र सामु कर्णाली क्षेत्रको छुट्टै पहिचान बनाउन सफल, कर्मठ बुद्धिजीवी लोकप्रिय युवा नेता तथा पुर्व. अान्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी जस्ता अन्य कर्णाली सुपुत्र हरुलाई लत्याएर एक मुर्ति चोर लाई मन्त्री बनाउने र बनाउन सिफारिस गर्ने संगठन र त्यस भित्रका नेतृत्व को चरित्र झन कस्तो होला, यो भन्दा लज्जास्पद कुरा के हुन सक्छ। उहिल्यै हराएको राजतन्त्र को एजेण्डा लिइ सुधारिएको राजतन्त्रतात्मक प्रजातान्त्रिक शासन ब्यवस्था को नाममा राष्ट्रिय प्रजातन्त्र पार्टी बाट जनतालाई भ्रम पार्दै राज गरेका कमल थापा, पार्टी अध्यक्ष हारे लगत्तै पार्टी नै परित्याग गरि हिडे, एक पटक पराजयको सामना गर्दा संगठन नै छोडेर हिँड्ने ति नेताले बारबार हारेका जनताको पिडा किन? बुझेनन्। कति सम्म इमान र प्रतिष्ठा भएका नेत्तृत्वको पछाडि रहेछौ यो सोचनिय विषय भएन र?
राजनीति को परिभाषा नै बदलियो, असल राजनीतिक संस्कार हराउँदै गयो, राजनिति सामाजिकिकरण को अभाव खड्कियो, पद- प्रतिष्ठा ,रानीतिक दम्भले अाफु को हु? भन्ने पनि बिर्सन थाले।
केहि समय अगाडी मेरै क्षेत्र को एक जना महिला राजनीतिक कर्मिले समाजिक सञ्जालमा स्टाटस लेख्दै भनिन्, " मलाई लाग्छ राजनीति गर्नुको उद्देश्य पावर सो र पैसा कमाउनको लागि हो।" त्यो स्टाटस अहिले पनि हेर्न सक्नुहुन्छ, जुन महिला नेत्री अगुवा भनि अाफुलाई परिभाषित गर्छिन।राजनीति बुझेको छु भन्नेले त सर्वसाधारणलाई राजनीतिक को परिभाषा यसरी सिकाउन खोज्दछन् अनि नयाँ पिडिले कसरी बुज्ने र सिक्ने? राजनीति बिचार, सिद्दान्त, निष्ठा, अास्था र विधिको राजनीति कहिले देखिएन र देखिने पनि सम्भावना छ जस्तो लाग्दैन।
राज्य (सरकार, भुगोल, जनसंख्या, सम्प्रभुता र अन्तर्राष्ट्रिय सम्बन्ध) सन्चालन को जिम्मा सरकारको हो। संकुचित अर्थमा राज्य र सरकार एउटै भनेर बुझ्नेको जमात त धेरै छ तर राज्य अमुर्त रहन्छ, सरकार त्यसलाई मुर्तता प्रधान गर्ने संस्था हो। यो अकाट्य हो कि सरकार सञ्चालन गर्न वित्तीय अावश्यक पर्दछ त्यो वित्तीय व्यवस्था प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जनताबाट तिरो/कर को रुपमा असुल गरी राज्य सन्चालन गरिन्छ। अहिले को सन्दर्भमा हरेक तहमा पिर्के महाराजलाई डकार अाउन्जेल खाना पुग्न गाह्रो भयो, विदेशि चलखेल नबुझि अाफ्नै देशको संविधान भन्दा माथिको शर्त लागु हुने वैदेशिक सहायता प्रति मोहित/लालायित हुन्छन्, अनि नेपाली जनताले तिनलाई विदेशि दलाल र देश बेचुवा को संज्ञा नदिइ के दिन्छन्। जुन देश चलाउन बाहिर मुलुक बाट रकम अाउछ, त्यहाँका नेतृत्व ले त्यो मुलुकको गुलामी नभइ अाफ्नाे देशकाे नागरिक प्रति जवाफदेही हुने कुरा सम्पर्क विहिन दुरको रिस्ता जस्तै हो ।
भर्खरै नेपाल सरकारको मन्त्रिपरिषद्ले २०७९ वैशाक ३० गते स्थानीय तहको चुनाव घोषणा गरे लगत्तै गाउँ गाउँमा राजनीति रङ्ग भरिदै छ रे, शिक्षित बेरोजगार हरुलाई अास-पासन देखाउदै छन रे, सोजा साझा जनतालाई सपना देखाउदै छन रे, अाफन्त-नातागोता-छरछिमेकमा भाइचारा ले बसेको भगिरथ मेरो दाइ, दिदि, अामा बुबा, काका काकी, सबैलाई भटकाउदै उहाँहरुको सम्बन्ध मा दरार उत्पन्न गर्दैछन् रे, प्रलोभनमा पारि अार्थिक समस्या मा परेको एक पार्टी को कार्यकर्तालाई अर्को पार्टी मा प्रवेश गराउदै छन् रे, सत्ता मा रहेको बखत उर्वर भूमिलाई बाँझो राखि नेताहरु को चाकरि मै दिन गुजारा गरेका ति मिर जाफरहरु पुन: चाप्लुसी कला सिक्दै छन् अरे, खसि देखाउदै फर्सी खुवाएर सत्ता मा पुगेका महाराजहरु पुनः हाइब्रिड फर्सी को जोहोमा छन रे,
लोकल खाने पारि घरको दाइलाई रम खुवाउदै छन् अरे कठै मेरो समाज अनि समाजका अगुवाहरु कहिले सम्म जालझेल र तिकडम को राजनीति।
जाग, उठ समाजले शिक्षित बेरोजगार को संज्ञा दिएका तर बास्तवमै शिक्षित युवाहरु समाज अनि देशको परिवर्तन गर्नु छ, राष्ट्रको मुहार फेर्नु छ, वास्तवमै दिगो शान्ति सुशासन विकास र समृद्धिको यात्रा मा जानु छ। अाफुलाई कहिल्यै कमजोर नठान, "जंगलको राजा सिंह नै किन? सुन्नुहोस त: नाथे सिंह न त
खरायो र स्याल भन्दा चलाख हुन्छ, न जिराफ भन्दा अग्लो छ, न हात्ती भन्दा वजनदार छ, न चितुवा भन्दा रेसवाला छ,
न त अन्य मृग जस्तो सुनौलो/रुपलौ छ ! किन कि उ अाफुलाई राजा नै सम्झन्छ त्यसैले त सिंह जंगलको राजा हो।" हो Attitude सिंह जस्तो बनाउ, इमान को बाटो मा हिड्न सुर गर , असल समाजको नेतृत्व गर।
विडम्वना! वास्तविकता यो छकि जब देशमा निर्वाचन घोषणा हुन्छ, अाठ पास /बढी मा SLC पास गरेका हरिलठ्ठुहरु उम्मेदवार घोषित भइ सडमा उफ्रिने तयारी मा हुन्छन् उता ब्याचलर डिग्री गरेका युवाहरु म्यादि प्रहरीको फर्म भर्ने मनसायमा देखिन्छन् । अब को निर्वाचनमा त्यो नदेखियोस् ,जाग्नुहोस् शिक्षित युवाहरु अबको नेतृत्व समाल्नुहोस्, समाज र राष्ट्रको मुहार फेर्नुहोस्, देशलाई कायापलट बनाउनुहोस्।
मेरो समाज मा पनि यस्तै शिक्षित तर अवसर र उचित वातावरण नपाएका सशक्त युवाहरु छन्, जो अवसर, लगानि र असल नेतृत्वको खोजिमा भौतारि रहेका छन्, जसलाई समाजले नानाथरी नामको संज्ञा ले चिन्दछन्।
भ्यालि डन, झिंगा डन, सुपारी डन, भल्लाल डन, कुण्डली डन,रेमन डन, डेविट (ब्याटल) डन, लाहुरे डन, थरि थरिका डन अादि छन्। यि सबै तपाईहरू ले सोचे जति नराम्रा भने विल्कुलै होइन, अा- अाफ्नै नाम: रहर र मजाकले राखेका र राखिदिएको पो हो, यिनिहरु सबै समाज र राष्ट्रको समृद्धिका वाहक हुन, परन्तु यि हस्तिले मनस्थिति बिगारिरहेका छन् अनि समय र परिस्थितिलाई दोषारोपण गरेरै ब्रेन ड्यामेज गरिरहेका छन्। अनि यहिँ गाउँमै गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति डा. यादव भन्दा पहिले नै राष्ट्रपति छन्, मान्नीय पनि छन्, (सभासद) पनि छन्, मुखिया र सचिव पनि छन् परन्तु यि सबै नाम मात्रका माथिका डनहरु झै हुन्, कार्यभार सम्हाल्न पाएका छैनन्। मौका पाए अहिले का शासक भन्दा पक्कै राम्रो काम गर्थे कि? यिनिहरुलाई अवसरको खाँचो छ। समय बाँकि छ समाजमा असल नेतृत्व जन्मेमा यो जमात ले अवश्य नै समृद्धि ल्याउनेछन्।
गजेन्द्र भण्डारी
खरिदार नेपाल सरकार
रारा राष्ट्र्रिय निकुञ्ज कार्यालय हुटु, मुगु ।
2 comments:
के गर्ने मामा, महसुस हुनु पर्ने मान्छे लाइ हुदैन। लाग्छ, उहाहरुका इन्द्रिय हरु लामो समय देखि निष्कृय छन। समाजको यथार्थ पाटोलाइ समेट्नु भयको छ। अगामि दिन मा पनि लेखन मार्फत सशक्त आबाज को अपेक्षा गर्दछु।
धन्यावाद । मिठो सुझावको लागि ।
Post a Comment